आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र निर्मात्री तथा फेशन डिजाइनर पुनम क्षेत्री गौतमले फ्रान्सको पेरिसमा आफ्ना डिजाइनका पहिरनमा १२ अन्तर्राष्ट्रिय मोडललाई र्याम्पमा उतार्ने भएकी छन् । लण्डन र न्यूर्योकपछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत हुन लागेकी हुन् ।

एसएम ग्लोबलले सेप्टेम्बर १२ मा आयोजना गर्न लागेको ‘क्याटवक पेरिस रिभोल्युसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्नेछिन् । ‘ न्यूर्योक र लण्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ । पेरिसको फेशन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु,’पुनमले भनिन्,‘पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फ्युजनको स्वाद सहभागीले राम्रो पाउनेछन् ।’

एसएम ग्लोबलले आयोजना गर्न लागेको फेशन शो आगामी सेप्टेम्बर १२ बाट शुरु भई दुई दिनसम्म चल्नेछ । पुनम सेप्टेम्बर १० मा पेरिस जाँदैछिन् । यो शोमा पुनमले नेपालको एक्लो प्रतिनिधित्व गरेकी छन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।

शोमा पुनमले फेब्रिकलाई मोन्टाइज गरेका १२ वटा डिजाइन प्रदर्शन गर्दैछिन् । प्रदर्शनसँगै पहिरन विक्रीका लागि उनले स्टल पनि राख्नेछिन् । यो फेशन शोमा अन्तर्राष्ट्रिय मोडलसँगै अन्तर्राष्ट्रिय सेलिब्रेटीको पनि विशेष उपस्थिति हुनेछ ।

पेरिसपछि उनी दुबइमा पनि फेशन शो गर्दैछिन् । अन्तर्राष्ट्रिय फेशन शोमा आफ्नो सहभागिता उद्देश्यपरक रहेको उनले बताइन् । ‘भविष्यमा म नेपालमा फेशन कलेज र इनिष्टिच्यूट स्थापना गर्न चाहन्छु । त्यसका लागि विश्वमा फेशनको अवस्था के छ भनेर म अध्ययन गरिरहेकी छु,’पुनमले खुलाइन्,‘यूके, जापान, नर्वे, न्यूर्योकलगायतका धेरै देश घुम्दा त्यहाँका जनताहरु नेपालबारे अनविज्ञ छन् । यो अवस्थामा म नेपाली संस्कृतिको फेशनमार्फत नै नेपालको बारेमा चिनाउन चाहन्छु ।’

पुनम आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले एसएम ग्लोबलसँग सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय वृहत फेशन शोको आयोजना गर्ने तयारीमा छिन् । पेरिसको फेशन शो पछि उनी अर्को वर्ष दुबईमा पनि फेशन शो गर्दैछिन् ।

चलचित्र ‘अझै पनि’बाट चलचित्र निर्माणमा डेब्यु गरेकी पुनम चाँडै नै नयाँ चलचित्र घोषणा गर्ने तयारीमा छिन् ।