मुम्बई (एजेन्सी) ।

केही समय अघि बलिउड अभिनेत्री प्रियंका चोपडा इन्गेजमेन्टका कारण निकै चर्चामा आइन् । उनलाई बलिउड सेलिब्रिटीदेखि उनका प्रशंसकले बधाई दिएका थिए । यस्का साथै उनका पूर्व प्रेमी शाहिद कपुरले पनि उनलाई बधाई दिएका

थिए । बलिउड चलचित्र ‘कमिने’ को सुटिङका बेला यो जोडीको निकै चर्चा भएको थियो । यद्यपी, आफूहरु डेटिङमा रहेको बारे उनीहरुले कहिले स्विकारेनन् । करन जोहरको टक शो ‘कफी विद करन’ मा यो जोडीको केमेस्ट्रीबारे अत्यधिक चर्चा भएको थियो । एक दिन बिहानै कर कार्यालयले छापा मार्दा प्रियंकाको अपार्टमेन्टको ढोका शाहिदले नै खोलेका थिए ।

एक कार्यक्रमको मौका पारेर रिपोर्टरलशाहिद कपुरलाई प्रियंकाको इन्गेजमेन्टबारे प्रश्न गरे । यसबारे उत्तर दिँदै शाहिदले भने, ‘बिवाह निकै सुन्दर चीज हो र यो म अनुभवसहित भन्न सक्छु । म उनको लागि निकै खुसी छु, धेरै बधाई । ’