कलाकारहरुको सातदोबाटोमा चंगा चेट

...

असोज, काठमाडौं । नेपालीहरुको महानपर्व बिजयादशमी नजिकिँदै गर्दा चहलपहल बढ्दै गएको छ । राजधानीबाट गृह जिल्ला जानेहरुको भिड एकातिर छँदैछ त्यस्तै राजधानी भित्र बिभिन्न कार्यक्रम पनि भईरहेका छन् । यसैबिच शनिबार बिभिन्न्न चर्चित कलाकारहरुको साथमा चंगा चेट गरीएको छ ।

nepali artis with dashai festivalक्लासीक डायमण्ड ग्रुपको आयोजनामा सातदोबाटोमा भएको उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरुको सहभागि थियो । साथै हजारौं दर्शकको उपस्थिती थियो । कार्यक्रमका प्रमुख अतिथि हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले बिजयादशमी तथा शुभदिपावलीको शुभकामना दिँदै नेपालको बर्तमान स्थितीलाई केलाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुनै समय नेपालीहरुको वाह वाहलाई सम्झन आग्रह गरेका थिए । अघोषीत नाकाबन्धी धर्म नभएर अधर्म भएको भन्दै यसप्रति गम्भिर हुन आग्रह समेत गरेका थिए ।

nepali artis with dashai festival 2072चंगा चेट कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, नेत्री पम्फा भुषाल साथमा कलाकारहरु दिपकराज गिरी र दिपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, मनोज आर्चाय, कोमल ओली, सुरेन्द्र केसी, इन्दिरा जोशि, प्रमोद खरेल, यमन श्रेष्ठको उपस्थिती थियो । कार्यक्रममा कलाकारहरुले आ आफ्नो फरक प्रस्तुतीले रौनक थपेका थिए ।