आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने भएको छ । यहि भदौ ३० गते चलचित्रको बिशेष प्रदर्शशन गरिने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको ‘सायाबुङ’ चलचित्रमा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराती सभ्यतार भाषाबाट लिइएको भएपनि पनि चलचित्र नेपाली भाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेग जहाँ गाई तथा चौरी गोठ पालनको संस्कृती रहेको छ । त्यो संस्कृतीलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले बताए । चलचित्र बारे थप प्रष्ट्याउँदै राईले भने सायाबुङ अप्ठेरोमा फुलेको फुल हो । हिमाली भेगमा गोठ बसाउने चलन छ । जुन बस्ती भन्दा धेरै टाढा हुन्छ । त्यहि गोठ पालन गर्ने सुदुर ठाउँमा रहेको युवा र बस्तीमा रहेकी युवती बीच हुर्किएको एउटा अर्गानिक प्रेम कथा यसमा समेटिएको छ । चलचित्रको छायाँङ्कन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका छन् । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ । देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ । काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराए ।