‘प्रसाद’मा यस्ती देखिइन् नम्रता, लिरिकल भिडियो सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘प्रसाद’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकका साथै चलचित्रमा समावेश ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो पनि सँगै सार्वजनिक गरिएको छ । युट्युब मार्फत् सार्वजनिक भएको उक्त भिडियोमा चलचित्रका दृश्यहरु समेटिएका छन् । दृश्यमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अटाएका छन् ।

निःसन्तान दम्पत्ति बीचको माया र सम्बन्धको कथा बोल्ने प्रसादमा विपिन र नम्रताले दम्पत्तिको भुमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ । केतनक्षत्रीले गाएको ‘लै लै’बोलको उक्तगीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवाष भुषालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । चलचित्रका निर्देशक दिनेश राउतले प्रसादको पुरा मर्मलाई ‘लै लै’ बोलको गीतले समेट्ने भएकोले नै चलचित्रको फस्टलुक सहित यस गीतलाई सार्वजनिक गरिएको बताए । त्यसो त चलचित्रमा अर्को गीतपनि रहेको उनले बताए ।

सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको छ ।  युट्युबबाट गीत रिलिजसँगै फिल्म युनिट आइतबार साँझ नै त्यसको प्रतिक्रिया बुझ्न र फिल्म बारे जानकारी दिन फेसबुकमा प्रत्यक्ष कुराकानीका लागि प्रस्तुत हुन लागेको निर्देशक राउतले बताए । प्रसाद मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

video: