आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यहि असोज १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिम प्रचारप्रसारलाई तिब्र बनाइरहेको छ । यसैबिच चलचित्रका मुख्य कलाकार राजधानीका कलेजमा धाइरहेका छन् । नव–नायिका एलिजा गौतम र नव–नायक समुन्द्र पण्डितलाई लिएर यसको निर्माणपक्षले कलेज दौड सुरु गरेको हो । सोमबार उनीहरु जोरपाटीस्थित समता कलेज र कौशलटारस्थित जनप्रेमी कलेजमा पुगेका थिए । नायक र नायिका नै कलेजमा आउँदा विद्यार्थीहरु उत्साहित देखिएका थिए ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको यो चलचित्रमा उनकी पत्नी एलिजाकै मुख्य भूमिका छ । चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । सत्यराज चौलागाइको डेब्यू निर्देशनमा तयार भएको चलचित्रलाई सांगीतिक प्रेमकथामा तयार गरिएको छ । चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन छ ।