दोहोरी प्रतिष्ठानको आफ्नै भवन निर्माण शुरु

तस्बिरः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागी रु. ५० हजारको चेक हस्तान्तरण गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नयाँबसपार्क समितिका अध्यक्ष रमेश बाबु थापा र ग्रहण गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनी ।

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

बिगत लामो समय देखी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नै भवन निर्माण गर्ने उद्देश्य राख्दै आएको थियो । अन्ततः यो काम पुरा हुने भएको छ । सरकारी सहयोग  तथा बिभिन्न अन्य सहयोगबाट प्रतिष्ठानले भवन निर्माणका लागी जग्गा किनैसँगै निर्माण कार्य सुरु गरेको छ । राजधानीको सामाखुसीस्थित केन्द्रिय कार्यालयमा बुधबार पत्रकार भेटघाट गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भवन निर्माणको काम सुरु भएको जानकारी दिएका हुन् ।

‘हाम्रो बर्षौ देखीको चाहाना अब पुराहुने भएको छ, जग्गा किनैसँगै भवन निर्माणको काम पनि सुरु गरिएको छ’ बद्रीले भने । बद्रीले जग्गा किन्नका लागी नेपाल सरकारको तर्फबाट ४० लाख रुपैंया सहयोग मिलेको बताए । उनले सरकारसमक्ष अनुरोध गरेपछि जग्गा खरिदका लागी सहयोग स्वरुप उक्त रकम मिलेको बताए । ‘हामीले नेपाल सरकारलाई पनि पहल गर्नुपर्छ भन्ने पहिल्यै देखी सोच बनाएका थियौं र प्रस्ताव पनि राखेका थियौं, संस्कृति मन्त्रीले हामीलाई बुझिदिनुभयो, धेरै खुसी छौं’ बद्रीले भने । उनका अनुसार राजधानीको बसुन्धरामा ७१ लाख ६ हजार बराबरको जग्गा प्रतिष्ठानले किनेको छ । जसमा नेपाल सरकारको तर्फबाट आएको ४० लाख र प्रतिष्ठानमा रहेको अन्य रकम त्यसैगरी बिभिन्न सहयोगबाट जुटेको रकमले जग्गा खरिद गरिएको बताए ।

‘‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नयाँ बसपार्क समितिले ५० हजार रुपैंया केन्द्रिय कार्यालयको भवन निर्माणकै लागी सहयोग ग¥यो, यस्तै समितिले कलाकार कल्याण कारी कोषका लागी अर्को ५० हजार रुपैंया कोषका अध्यक्ष दुर्गा रायमाझिलाई हस्तान्तरण गरियो’’

बुधबार नै घर निर्माणका लागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नयाँ बसपार्क समितिले ५० हजार रुपैंया सहयोग गरेको छ । समितिका अध्यक्ष रमेश बाबु थापाको नेतृत्वमा उठेको उक्त रकम केन्द्रिय अध्यक्ष पंगेनीलाई हस्तान्तरण गरियो । यस्तै नयाँ बसपार्क समितिले अर्को ५० हजार रुपैंया कलाकार कल्याणकारी कोषका लागी सहयोग गरेको छ । बिगत दशबर्षदेखी बिभिन्न कलाकारहरुको सहयोगका लागी गठन गरिएको कलाकार कल्याणकारी कोषमा अहिलेसम्म ६९ लाख ६३ हजार ६ सय ७७ रुपैंया जम्मा भएको कोषका अध्यक्ष दुर्गा रायमाझिले जानकारी दिए । ‘कलाकारहरुलाई कुन समयमा अप्ठ्यारो पर्छ त्यो समयमा कोषबाट सहयोग गर्दै आएका हौं, अब कोषमा भएको रकममा ५० हजार थप भएको छ’ अध्यक्ष रायमाझिले भने ।

तस्बिरः कलाकार कल्याणकारी कोषका लागी रु. ५० हजारको चेक हस्तान्तरण गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नयाँबसपार्क समितिका अध्यक्ष रमेश बाबु थापा र ग्रहण गर्दै कलाकार कल्याणकारी कोषका
अध्यक्ष दुर्गा रायमाझी ।

उनका अनुसार बर्षमा दश भन्दा बढी कलाकारहरुलाई कलाकार कल्याणकारी कोषबाट सहयोग गरिएको छ । कलाकार कल्याणकारी कोषमा रहेको रकमको ब्याजबाट आउने रकममा सहयोगमा लगाइने उनको भनाई थियो । सावा रकम चलाउन नमिल्ले संस्थाको प्रावधान रहेको छ । ‘हामीले सावा रकम चलाउँदैनौं, ब्याजबाट आउने रकमलाई सहयोगमा लगाउने गरेका छौं’ रायमाझिले भने । कोषको सचिवको रुपमा रहेको बद्री पंगेनीले योबर्ष भित्र कोषमा १ करोड पु¥याउने लक्ष्य लिएको बताए ।