आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली चलचित्रबाट ‘पञ्चायत’ आगामी अस्कर अवार्डमा भिड्ने भएको छ । अमेरिकाको लस् एन्जेलसको डब्ली थिएटरमा सन् २०१९ फेब्रुवरी २४ तारिख आइतबारका दिन हुने ९१औं अस्कर समारोहमा उक्त चलचित्र ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा भिड्न नेपालबाट पठाउन लागिएको हो ।

सहभागिताका लागि आहृवान गर्दा आएका ‘तान्द्रो’, ‘पञ्चायत’ र ‘माइ लभ’मध्ये ‘पञ्चायत’ पठाउन लागिएको हो । समितिले नेपालको छनोट चरणमा तीनवटै फिल्म सबै मापदण्ड पुग्ने स्तरीय एवं अब्बल दर्जाका सिर्जना रहे पनि प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी ‘पञ्चायत’ लाई छानिएको छनोट समितिको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

शिवम् अधिकारीले निर्देशन गरेको ‘पञ्चायत’ मा ५० वर्षअगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरूको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई देखाइएको छ । अभिनेता सरोज खनाल पनि चलचित्रमा प्रमुख भूमिकामा छन् ।