<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span></pre><p style="text-align: justify; ">बलिउडको सर्वाधिक हिट चलचित्र दवंगले ‘दबंग – ३’ बनाउने घोषणा गरिसकेको छ । हाल यो बिषयलाई लिएर बलिउड सिनेवृत निकै तातेको छ । दवंगमा ‘रज्जो’ बनेकी सोनाक्षी र ‘चुलबुल पाण्डे’ बनेका सलमान खानको अभिनय सर्वाधिक रुचाईएको थियो। निकै रुचाईएको यो जोडी चलचित्र ‘दबंग–३’ भने बराबर भूमिकामा देखिने छैन । किनकी ‘दबंग – ३’ मा सोनाक्षी सिन्हा केही समय र कुनै कुनै स्क्रिनमा मात्र देखिदै छिन् । समाचारका अनुसार दर्शकले दवंगमा सधैँ समलमानको ‘चुलबुल पाण्डे’ पात्रलाई मन पराएका छन्। सोही कारण निर्माता ‘चुलबुल पाण्डे’ पात्रमा धेरै मेहेनत गर्न चाहन्छन्। बताईए अनुसार निर्माताले ‘दबंग–३’ चलचित्रको स्क्रिप्ट थोरै बदलेको छ । निर्माण टिमले चुलबुल पाण्डे पात्रलाई धेरै महत्वमा राख्ने निर्णय गरेको छ।</p><div><br></div>







१० आश्विन २०७५, बुधबार ०५:५१ 








