टिजरमा हेर्नुहोस् ‘नालापानी’ युद्ध (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘नालापानी’ को टिजर सार्वजनिक गरिएको छ । नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा बनेको यो चलचित्रको टिजर बिहिबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/d78ca014961fd57ee99e405cd11396781538044246.jpg" style="width: 1200px;"><br></p><p style="text-align: justify; ">पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यस चलचित्र रिमेश अधिकारीले निर्देशन गरेका हुन् भने निर्माता मनोज शाक्य हुन् । चलचित्रमा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो चलचित्रको स्क्रीप्ट तयार पारेका हुन् । चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । चलचित्रको मेकिङले गर्दा दर्शकलाई प्रतिक्षामा राख्ने देखिन्छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/kNssnlTkXyo" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>