आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायक सन्तोष परियारले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘महल’बोलको प्रेमभाव दर्सिएको आधुनिक गीतको भिडियोमा नायक विनोद न्यौपाने र मोडल इशा परियारले अभिनय गरेका छन् साथमा विशाल सेनेहाङले पनि अभिनयमा साथ दिएका छन् । गीतमा शब्द, संगीत सन्तोषले नै भरेका छन् । गीत आशिष अविरलले एरेजञ्ज गरेका हुन् ।

शनिबार राजधानीको चावहिलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गीतमार्फत गायक विनोदले गीतमार्फत आफ्नै जीवनमा भोगेका कुरा दर्साउन खोजेको बताए । आफूले भोगेका केही अंश गीतमा मिलेको उनी बताउँछन् । ‘मैले १७ वर्षसम्मको प्रेमलाई त्यो समयमा गुमाएको थिए, आज सत्र वर्षसम्म प्रेम गरेको भन्दा कसैले विश्वास नगर्ने समय आएको छ तर त्यति लामो प्रेमलाई गुमाउँदाको पीडा मलाईमात्र थाहाछ, मेरै गीतको भिडियो हेर्दा निकै भावुक भए’, सन्तोषले भने । उनी भिडियो प्रिमियमा भावुक बनेका थिए ।

यस्तै गीतमा अभिनय गरेकी मोडल इशाले पनि भिडियो राम्रो बनेकोमा खुशी व्यक्त गरिन् । भिडियोमा रानीको भूमिकामा देखिएकी इशाले चोखो प्रेम गर्नेका लागि गीत विशेष हुने पनि बताइन् ।

(भिडियो)

१५ आश्विन २०७५, सोमबार ०४:०७