नसिकी फिल्ममा आउँदिनः रितिका

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्र सातैपिच्छे दुईदेखी तीनवटा प्रदर्शन भइरहेका हुन्छन् । पुराना भन्दा नवकलाकारहरुका चलचित्र बढी निर्माण भएको पाइन्छ । कुनैपनि रियालिटी शो, सुन्दरता प्रतियोगीता जस्ता माध्यमहरुबाट चलचित्रमा धेरै कलाकार आएको पाइन्छ । यसैबिच यस्तै सुन्दरीहरु बिचको प्रतियोगीताबाट बिजेता बनेर आएकी रितिका डंगोल पनि अभिनय तथा मोडलिङमा जम्ने क्रममा छिन् । ‘मिस्टर एण्ड मिस कलिउड आइकन २०१८’ की महिलातर्फकी बिजेता रितिकाले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी थिइन् । उनले थुप्रै पुरस्कारसँगै एक चलचित्र र एक म्युजीक भिडियोमा पनि काम गर्ने अफर पाइन् । एकबर्ष भित्रमा उनले एक चलचित्र र एक म्युजीक भिडियोमा काम गर्न पाउने आयोजकले आश्वासन दिएको छ । यसका साथै रितिकालाई बिभिन्न म्युजीक भिडियोहरुबाट अफर पनि आइरहेका छन् ।

रितिकाले चलचित्रमा काम गर्नका लागी आफू सिकेरमात्र आउने बताएकी छिन् । पछिल्लो समय धेरै चलचित्र निर्माण हुनु र धेरै असफल हुनुको कारण चलचित्रको बिषयमा ज्ञान नभएकै कारण बताउँछिन् । तपाई चलचित्र असफल हुनुमा कसलाई दोष दिनुहुन्छ भन्ने हिमालय टाइम्सको प्रश्नमा रितिका भन्छिन् ‘यहि निर्माण युनिट देखी कलाकार सबैले फिल्मसँग सम्बन्धित ज्ञान लिनु जरुरी छ, कुनैपनि कुरामा राम्रो सँग पढेर बुझेर गरियो भने त्यो अवस्य सफल हुन्छ, त्यसैले फिल्मक्षेत्रमा पनि पढेर आउनु जरुरी छ ।’ रितिकाले आफूले ‘मिस्टर एण्ड मिस कलिउड आइकन २०१८’को उपाधि जितेसँगै केहि म्युजीक भिडियोबाट अफर आइसकेको बताइन् । आफू पनि मोडलिङको क्षेत्रमा सिक्दै गरेको उनी बताउँछिन् । ‘म आफू यो क्षेत्रमा केहि सिकेर आउँछु भने निर्माण टिम पनि त्यहि अनुसारको हुनुपर्छ, कतिपय बिल्कुलै नयाँ टिमले पनि अफर गर्नुहुन्छ’ रितिकाले भनिन् ।

रितिका ‘मिस्टर एण्ड मिस कलिउड आइकन २०१८’मा सहभागी हुनुभन्दा अघि ‘मिस एभरेष्ट नेपाल २०१७’मा पनि सहभागी भइसकेकी थिइन् । उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी उनले ‘मिस एभरेष्ट नेपाल’ले धेरै कुरा सिकाएको बताइन् । अहिले राजधानीको टेक्सास कलेजमा कक्षा १२ मा ब्यवस्थापन संकायमा अध्ययरत रितिकालाई कलक्षेत्रबाहेक सामाजिक कार्यगर्न निकै मन पर्ने बताइन् । यस्तै उनले एअर होस्टेज पनि आफूलाई मनपर्ने काममा लिन्छिन् ।

रितिकालाई कलाक्षेत्रमा आउनका लागी पारिवारीक पृष्ठभूमिले पनि सजिलो बताएको छ । उनका बुबा रामही डंगोल बिगत लामो समयदेखी नेपाली चलचित्र निर्माणको क्षेत्रमा सक्रिए छन् । दशक बढी समयसम्म पर्दापछाडि नै रहेर दर्जनौं चलचित्रमा निर्माण नियन्त्रकको भूमिकामा छन् । यस्तै रितिकाले आमा बिनिता श्रेष्ठ डंगोलको साथले पनि आफूलाई कलाक्षेत्रमा आउन सपोर्ट मिलेको बताउँछिन् । कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न परिवारको ठूलो साथ मिल्नुपर्ने उनको भनाई छ ।

समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ ।