आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाल आईडलको पहिलो संस्करणमा नेपालगंजको अडिसनबाट बाहिरिएका झक्कड थापाको नयाँ गीत सार्बजनिक भएको छ । बेसुरा गाएर अडिसनबाट भाईरल बनेका झक्कडले सुदुर पश्चिमको देउडा ‘भेरी सेती’ बोलको गीत गाएका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका हुन् । संगीतकार सापकोटाले उक्त गीत सबैले सुनेर प्रतिकृया दिनुहोला भन्ने आग्रह गरेका छन् ।

संगीतकार सापकोटाले नेपाली चलचित्रका दर्जनौं सुपरहिट गीतमा संगीत भरेका छन् । एउटा स्थापित संगीतकारले बेसुरा गीतमार्फत चर्चा कमाएका झक्कडलाई गीत रेकर्ड गराउन किन लगाए भन्ने बिषयलाई लिएर नेपाली साँगीतिक र चलचित्र क्षेत्रमा चर्को आवाज उठिरहेको छ । केही दिन पछि उक्त गीतको भिडियो सार्बजनिक हुने संगीतकार सापकोटाले बताएका छन् ।

(भिडियो)