आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले उक्त डार्क कमेडी चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरसँगै चलचित्रको नयाँ कलाकारहरुको नाम पनि खुलाइएको छ । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा लगायतका कलाकारले अथितिको भुमिका निभाएका छन् । सार्वजनिक ट्रेलरमा बेरोजगारी युवाको अवस्था देखाइएको जुन यथार्थलाई चलचित्रमा उतार्न खोजिएको छ ।

चलचित्रमा आयुष्मान देशराज जोशी, परमिता आरएल राणा, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, शिशिर बाङदेल र सन्दिप क्षेत्री मुख्य भुमिकामा छन् । कात्तिक १६ गतेलाई प्रर्दशन मिति तोकिएको चलचित्रमा प्रदीप भारद्वाजको कथा रहेको छ भने सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन, निरक कँडेलको छायांकन र अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्र माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।

(भिडियो)

२१ आश्विन २०७५, आईतवार १२:४४