सिड्नीमा ‘नेपाल काइट फेस्टिभल’ आयोजना हुने

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

अष्टेलियामा नेपालीहरुले दसैंको अवसर पारेर एक बिशेष साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । सिड्नीमा आउँदो शनिवार अक्टोबर १३मा हुने कार्यक्रमलाई ‘नेपाल चंगा महोत्सव–२०१८’ अर्थात ‘नेपाल काइट फेस्टिभल–२०१८’ नाम दिइएको छ । गुठी अष्टेलियाले सिड्नीको स्थानिय बाइसेन्टिनियल पार्कमा आयोजना गर्न लागेको ‘नेपाल काइट फेस्टिभल’ को पाँचौ संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । आयोजक गुठि अष्टेलियाले ‘नेपाल काइट फेस्टिभल–२०१८’ शीर्षक राखेको उक्त फेस्टिवलको मुख्य प्रायोजनको जिम्मा ओली एण्ड एसोसिएट्ले लिएको छ ।

नेपाली समुदायमाझ अत्यन्त लोकप्रिय यो फेस्टिभलको मुख्य आकर्षण चंगा उडाउनु भए पनि यो वर्ष आयोजना संस्थाले नेपालका लोकप्रिय गायक दीपक बज्राचार्य तथा उनको रिदम ब्याण्डलाई प्रमुख आकर्षण बनाएको छ । दीपक तथा उनको ब्याण्डले सिड्नी बाहेकका विभिन्न ६ ठाउँमा सांगीतिक प्रस्तुत दिइसकेको छ भने अन्तिम कार्यक्रमको रुपमा नेपाल काइट फेस्टिभलमा प्रस्तुत हुन लागेको हो । दीपकको ‘मन मगन…’ गीत यतिबेला लोकप्रियताको शिखरमा छ । यसबाहेक दीपकले गाएका दर्जनौं गीतहरु दर्शक तथा स्रोतामाझ लोकप्रिय छन् ।

कार्यक्रम स्थानिय समय अनुसार दिउँसो १२ बजेदेखि राती ९ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको निर्धारित तालिका अनुसार दिउँसो १२ बजेदेखि ५ बजेसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीहरु सञ्चालन गरिने छ । त्यसक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती, चंगा उडान प्रतियोगिता, मःम खाने प्रतियोगिता, रथ जात्रा, लाखे नृत्य, पुलुकिसी नृत्य सञ्चालन गरिनेछ । आयोजक गुठि अष्टेलियाका अध्यक्ष शिव श्रेष्ठका अनुसार कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन, यद्यपि चंगा लट्टाई भने निश्चित शुल्क तिरि भाडामा किन्नु पाईने छ ।