‘छक्का पञ्जा–३’हेर्न दर्शकको भीड

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली चलचित्रको इतिहासमा व्यापारको हिसाबले रेकर्ड ब्रेक गर्दै आएको चलचित्र ‘छक्का पञ्जा’ को तेस्रो सिरिल यही दशैँको घटस्थापनाबाट प्रदर्शनमा आएको छ । फिल्म हलमा लागेको पहिलो दिन चलचित्रले बम्पर ओपनिङ गरेको छ । बुधबार चलचित्रको व्यापार वर्षकै ठूलो भएको चलचित्र वितरकले जनाएका छन् । राजधानीभित्र र बाहिरका धेरैजसो हलमा चलचित्रले हाउसफुलका साथ व्यापर गरेको निर्माण टिमले जनाएको छ ।

राजधानीभित्र देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्सले ३० शो  पाएको छ । काठमाडौं वितरक उज्ज्वल पौडेलले बिहानदेखि साँझसम्म उपत्यकामा चलचित्रको अकुपेन्सी रेट लगभग शतप्रतिशत रहेको बताए । ‘दुई सिरिजभन्दा छक्का पञ्जा–३ ले राम्रो कलेक्सन गरेको छ’ वितरक पौडेलले भने, ‘पहिलो दिन ३० लाखसम्म शेयर निर्माताको हातमा पर्न सक्छ ।’ चलचित्रको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको छ । काठमाडौको गोपिकृष्ण हलमा बिहानैबाट दर्शकको चाप देखियो । बिहानी शोमा गोपिकृष्णका चार पर्दा हाउसफुल थिए । दिउँसो झन् दर्शकको चाप बढेको हल सञ्चालकले जानकारी दिए । अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा पनि बिहानैदेखि दर्शकको उपस्थितिमा कमी आएन । चलचित्र हेर्ने अधिकांश दर्शकले राम्रो बोलेका छन् । चितवनको क्युएफएक्स जलमाले १० शो दिएकामा, सात शो सोल्ड आउट भइसकेका छन् । लेखक तथा कलाकार दीपकराज गिरीले दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको बताए । उनले भने, ‘यसअघि हामीले ८० प्रतिशत कमेडी र २० प्रतिशतमात्र कन्टेन्टमा काम गरेका थियौं । यसपटक ५०÷५० गरेर कन्टेन्टलाई बढी जोड दिएका छौं ।’ पहिलो दिनमात्रै चलचित्रले एक करोड २० लाख आसपासको ओपनिङ गर्नसक्ने अनुमान छ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, संजोग कोइरालालगायतको अभिनय छ । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रको कथा दीपकराजले लेखेका हुन् ।