आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘न यता न उता’को गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । केही दिन अघि रमाइलो टिजर सार्वजनिक गरेको चलचित्रको गीतमा एक नारायण भण्डारीको शब्द रचना रहेको छ । गीतलाई राजन निशान, मिलन अमात्य, राजन राज सिवाकोटी र मिना सिंहले गाएका छन् । मुख्य कलाकारहरुको नृत्य देखिने चलचित्रको गीतमा मिलन जलन र राजन इसानको संगीत संयोजन रहेको छ ।

चलचित्र मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको छ । समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य विदेशी कलाकारहरुको अभिनय रहेको चलचित्र रिना लामाले निर्माण गरेकी हुन् ।

२५ आश्विन २०७५, बिहीबार ०७:३७