लय र रेखालाई हरितारा चलचित्र पुरस्कार

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

यसबर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापालाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलिचलचित्र मार्फत करिब तीनदशक देखी नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत लय संग्रौला र लगभग दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको हो।

त्यसैगरि परिवर्तन नेपालको कार्यसमितिको वैठकले ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याएर वापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए बापत श्री विजय रत्न तुलाधरलाई श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ । यस्तै अभिनेता निर्देशक श्री रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५बाट सम्मान गरिने समेत निर्णय गरिएको छ । पुरस्कार प्रदान तथा सम्मान कार्यक्रम आउँदो तिहारपनि आयोजना गरिने उल्लेखीत प्रेश बिज्ञप्तीमा जनाइएको छ ।

गत बर्ष अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रका शान्तिप्रियलाई हरितारा पुरस्कार, कलाकार शुभाष गजुरेललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरएिको थियो । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।