व्यावशाय सँगै मोडलिङमा बिकास, भन्छन् इच्छा भएर मात्र हुँदैन

...

असोज, काठमाडौं । पछिल्लो समय नेपाली कलाकारीता क्षेत्रमा छिर्नेहरु धेरै छन् । अन्य केही गर्न सकिएन भने कलाकारितामा जानुपर्छ कि भन्ने मनसाय राख्नेहरु पनि कलाकारीतामा आउने गरेको पाइन्छ भने कोहि कलालाई नै सर्वश्व मानेर र आफ्नो उद्देश्य नै कलाकारिता मानेर आउनेहरु पनि छन् । यसबिच व्यावशाय गर्दै आएका विकास न्यौपाने पनि भर्खर मात्र कलकारीता क्षेत्रमा प्रवेश गरेका छन् । मोबाईल व्यावशायबाट अगाडि बढेका विकास आफ्नो धेरै पहिला देखीको भित्री इच्छा र मोडलिङ क्षेत्रमा केही गर्ने जोशजागरका साथ यो क्षेत्रमा आएको बताउँछन् । यसबर्षबाट मात्र मोडलिङ सुरु गरेका विकासले लोक र आधुनिक गरी अहिले सम्म सातवटा म्युजीक भिडियोमा मोडलिङ गरेको बताए । नुवाकोट कुमरी घर भएका विकास हाल काठमाडौं मनमैजुमा बस्दै आएका छन् । मोडल विकास न्यौपानेले सँग आर्टिस्ट खबरले गरेको कुराकानी हामी तल पढ्न सक्छौं ।
Bikash neupane - modelमोडलिङ गर्ने धेरैको इच्छा हुन्छ तपाईको पनि इच्छा मात्र होकी ?
इच्छा मात्र राख्नेहरुलाई मोडल भन्न मिल्दैन । मोडलिङ गर्ने कतिको इच्छा मात्र हुन्छ होला तर मैले इच्छाले मात्र यो क्षेत्रमा प्रवेश गरेको होइन । यो क्षेत्रमा आईसकेपछि केहि गरौं भनेरै आएको छु । मोडलिङ गर्न शरीरले मात्र हुँदैन भित्री इच्छा र कलाप्रति लगाव हुनुआवश्यक छ ।

व्यावशाय गर्दै आउनु भएको रहेछ, पैसा त कला भन्दा व्यवाशायमै छ नि हैन र ?
पैसाकै कुरा गर्दा त अहिलेको नेपाली बजारमा म्युजीक भिडियोको क्षेत्र भन्दा त व्यावशायमै छ । तर सिंगो कला क्षेत्रमै पैसा छैन भन्न नमिल्ला किन की कत्तिले व्यवशायीले भन्दा धेरै आम्दानी गर्ने पनि हुनुहुन्छ । तर मेरो कुरा गर्दा म एक व्यावशायी पनि हुँ, अर्को कुरा म मोडलिङ क्षेत्रमा आएको पैसाको लागि मात्र पनि होइन । मोडलिङ क्षेत्रमा आइसकेपछि एउटा पहिचान गराउन सक्नुनै मेरो उद्देश्य हो ।

तपाईले मोडलिङ गरेको पहिलो म्युजीक भिडियो कुन हो ?
मैले अहिले सम्म जम्मा सात वटा म्युजीक भिडियोमा मात्र अभिनय गरेको छु जसमध्ये शुरुमा लोक दोहारी गित ‘आँपैको अचार’ बोलको गित हो जसमा राजु ढकाल दाई र देवी घर्ति दिदिको स्वर रहेको छ । जुन गितमा मैले, कबिन्द्र भट्ट र रश्मि तामाङले अभिनय गरेका छौं ।

आधुनिक गित र लोकगितमा मोडलिङ गर्दा फरक के पाउनु भो ?
अब फरकको कुरा गर्दा त अभिनय त एउटै हो, शब्द र भाव अनुसार गर्नुपर्ने हुन्छ । तर आधुनिक गित र लोकगितमै फरक खोज्दा लोकगित अलि लामो कुनै डान्स गित पनि हुन्छन् तर आधुनिक गितहरु केहि छोटो जस्तो लाग्छ ।

तपाईको पछिल्लो गितको बारेमा भन्दिनुस न
पछिल्लो पटक अभिनय गरेको गित दसैं तिहार आयो बोलको दसैं गित हो जसमा मैले र सरीका केसीले अभिनय गरेका छौं । जुन गितमा पुर्णकला बिसी र तिलक वलीको स्वर रहेको छ भने लय शब्द पनि तिलक वलीकै रहेको छ । भर्खरैमात्र बजारमा आएको यसगितको भिडियो लाई दर्शक तथा स्रोतोले धेरै मन पराईदिनुभएको छ । खुसी लागेको छ ।
sarika kc and bikash neupane - model

मोडलिङ गर्दा ध्यानपुर्याउनु पर्ने कुरा के जस्तो लाग्यो तपाईको बिचारमा ?
सबैभन्दा ठुलो कुरा त क्यामेराको अगाडि गईसकेपछि गितको भावमा अभिनय नै गर्नुपर्छ । त्यस्तै हाउभाउ र क्यामेरा फेसको कुरा महत्वपुर्ण हो जस्तो लाग्छ ।

अहिलेसम्म तपाईसँग अभिनय गरेको मध्ये सबैभन्दा राम्रो अभिनय कसको लाग्यो ?
अभिनय त नराम्रो भन्ने त कसैको पनि छैन किनकी म सँग जतिले अभिनय गर्नुभएको छ म भन्दा धेरै अग्रह हुनुहुन्छ म भन्दा धेरै जान्ने पनि हुनुहुन्छ । नामनै लिनुपर्दा पछिल्लो समय दसैंको गितमा अभिनय गर्नुभएको सरिका केसीको अभिनय राम्रो लाग्छ ।

पछिल्लो समय मोडलिङ क्षेत्रमा आउने प्रवृति निकै बढेको छ नि के भन्नु हुन्छ ?
अझै पनि धेरैले यो क्षेत्रलाई कुनै पनि काम नपाएपछि आउने क्षेत्र भनेर बुझ्नुभएको छ त्यो बिल्कुलै होइन । मोडलिङ क्षेत्रमा आएर मोडल बन्न धेरै गर्नुपर्छ । म पनि अहिलेसम्म सिकाई मै छु, मैले पनि जानेको छु भन्दिन म भन्दा अग्रहहरु सँग अझै पनि मैले सिकेकै छु र अन्य जो यो क्षेत्रमा प्रवेश गर्न खोज्नुभएको छ उहाँहरुको लागि मेरो सल्लाह भनेको यो क्षेत्रलाई बुझेर सिकेर मात्र आउनुस भन्न चाहान्छु ।

-प्रस्तुतीः गोपिकृण्ण