‘प्रसाद’को दोस्रो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘प्रसाद’ को दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक भएको छ । यसअघि उक्त चलचित्रको ‘लै लै’ बोलको गीत यूट्युबमा धेरै दर्शकले हेरेका छन् । पहिलो गीतले दर्शकको सकारात्मक प्रतिक्रिया पाए तगत्तै आईतबार निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको छ ।

सुवाष भुषालको शब्द रहेको गीतमा बि. पाण्डेले संगीत भरेका छन् । उक्त गीत रुपक डोटेल र अञ्जु पन्तले गाएका छन् । गीतको भिडियोमा अभिनेता बिपिन कार्कीले गायकको भूमिका निभाएका छन् भने निर्देशक तथा अभिनेता निश्चल बस्नेत र मोडल अन्जली अधिकारी फिचर छन् ।

हिमाल केसीको थ्रिल रहेको चलचित्रमा बि.पाण्डे सँगै सुवाष र कोशिष क्षेत्रीको पनि संगीत रहेको छ । दिनेश राउत निर्देशित चलचित्रमा नम्रता श्रेष्ठ र बिपिन कार्की प्रमुख भूमिकामा छन् । निःसन्तानका कारण पति र पत्निबीचमा आउने बिभिन्न असमझदारी, अबिश्वासलाई चलचित्रमार्फत उतारिएको छ । एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता विरुद्धको कथा चलचित्रले बोल्छ । पत्रकार सुशील पौडेलले चलचित्रको कथा लेखेका छन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको  ‘प्रसाद’मा सह-निर्देशकका रुपमा बिकास सुवेदी रहेका छन् भने चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । चलचित्रको प्रर्दशन मिति मंसिर २१ गतेलाई तोकिएको छ ।

video