आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बलिउड नायक रणवीर सिंह र निर्देशक करण जोहर बिचको साथीत्वको सम्बन्धको बिषयमा करणले बोलेका छन् । चर्चित रियालिटी शो ‘कफी विथ करण’मा पुगेका रणवीरले अचम्मको खुलासा गरेका हुन् । उनले आफूले लगाउने लूगा करणको गिफ्ट भएको बताएका छन् ।

‘मसँग करणले दिएका थुप्रै लूगा छन् । करणको सपिङ खुबै मनपर्छ । कहिलेकाही उनी यस्ता कपडा पनि ल्याउँछन् कि, जुन कपडा घरमा ल्याएर उनी लगाउन रुचाउँदैनन् । पछि, उनले त्यो कपडा मलाई दिन्छन् ।’, रणवीरले भने । उनका अनुसार करणले आफ्नो जीवनमा थुप्रै महंगा कपडा किनेका छन् । तर, ती कपडा आफूले लगाउँदा खासै केही अर्थ राख्दैन भन्ने लागेपछि उनले रणवीरलाई उपहार दिने गरेका छन् । रणवीरका अनुसार करणले उनलाई साढे ३ लाख पर्ने फेन्सी ट्रायकसुट समेत उपहार दिएका छन् । रणवीरले उपहार पाएको कपडाको खुबै मिहिनेतका साथ सम्हाल्ने गरेको समेत खुलासा गरेका छन् ।