आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाल स्रष्टा समाज, काठमाडौंले भारतको असम तेजपुर क्षेत्रका भारतीय नेपाली साहित्यकारहरुलाई सम्मान गरेको छ । एक अन्तरक्रियात्मक कार्यक्रम गर्दै राजधानीमा मंगलबार असमी साहित्यकारहरु ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, विष्णु शास्त्री, माधव भट्टराई, दीनानाथ निरौला, छत्रमान सुब्बा, कृष्ण आचार्य तथा प्राञ्जल प्रतिम बोरालाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले असमका साहित्यकारहरुलाई शुभकामना दिँदै असमी लेखकहरुले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । अर्का अतिथि प्राडा गोविन्दराज भट्टराईले असमी साहित्यकारहरुको प्रशंसा गरे । कार्यक्रममा नेपाल र असमका साहित्यकारहरु विष्णु शास्त्री, माधव भट्टराई, विजयराज न्यौपाने, छत्रमान सुब्बा, विष्णु राई, प्राञ्जल प्रतिम बोरा र प्रभा भट्टराईले कविता वाचन गरेका थिए ।

कार्यक्रममा असमी साहित्यकारहरु ज्ञानबहादुर क्षेत्री तथा चन्द्रमणि उपाध्यायले आफ्ना विचार राखेका थिए । समाजका अध्यक्ष साहित्यकार विधान आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पवन आलोकले पनि बोलेका थिए ।