आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘अनुग्रह’को ट्रेलर सार्वजनिक गरिएको छ । यसै महिनाको अन्तिम (३० गते) प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रले प्रदर्शनको मिति नजिकिदै गर्दा केहि ढिलो ट्रेलर सार्वजनिक गरेको हो । सरोज शर्माले बितरण गर्ने यो चलचित्रको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ ।

कुमार केसीले निर्देशन गरेको यो चलचित्रमा युवाहरुको प्रेमकथा र परिवारको प्रेमलाई देखाइएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमामा ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह निर्माताको रुपमा रहेका छन् ।

विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टरसँगै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ ।

१६ कार्तिक २०७५, शुक्रबार ०८:०२