तक्लु फोटो पठाउनुस् ५० हजार जित्नुस्

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘प्रेमलीला’को टिमले प्रमोशनको फण्डा अपनाएको छ । चलचित्र बनाएर मात्र नपुग्ने भएकाले पछिल्लो समय हलसम्म दर्शक ल्याउनका लागी निर्माता तथा निर्देशकहरुले बिभिन्न फण्डा अपनाइरहेका हुन्छन् । यसैबिच चलचित्र ‘प्रेमलीला’को टिमले पनि कपाल मुण्डन गरेको तस्बिर पठाएर जो कोहिले नगद पुरस्कार जित्ने मौका पाउने भएका छन् ।

‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजनामा महिलाले मात्र सहभागी हुन पाउने निर्माण टिमले जनाएको छ । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज ‘प्रेमलीला’ मा लाइक्स गरि आफ्नो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । चलचित्रकी निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काले पनि चलचित्रका लागी कपाल मुण्डन गरेकी छिन् । प्रतियोगीताबाट प्राप्त फोटो मध्येबाट उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइने अभिनेत्री खड्काले बताइन् । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई पचास हजार, दोस्रो हुनेलाई पच्चिस हजार र तेस्रो हुनेलाई नगद दश हजार प्रदान गरिनेछ ।

खड्काकै कथा रहेको चलचित्रमा नेपालीकी एक युवती र भारतका एक युवकबीचको प्रेमकथा रहेको छ । चलचत्रिमा खड्कासँगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । चलचित्र जनक पाण्डेयले निर्देशन गरेका हुन् । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । छायांकन पवन गौतमले गरेका हुन् । सुरज तमु, रेखा शाह, शर्मिला शर्मा लगायतको पनि चलचित्रमा अभिनय छ । चलचित्र आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।