सरोज खनालको हातबाट चेपाङ बालबालिकालाई सहयोग

आर्टिष्ट खबर/ कात्तिक, चितवन ।

अभिनेता सरोज खनालले चेपाङ संरक्षण केन्द्रमा सहयोग गरेका छन् । चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई  एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैँया सहयोग गरेका हुन् ।

अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टरले आयोजना गरेको ‘कलिउड नाइट २०१८’ मा सहभागीहरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर, महेन्द्र कुवरबाट ५सय डलर र समाजसेवी श्याम बजिमायाबाट  १ सय १ डलर गरी जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र  अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरेका हुन् । अभिनेता सरोज खनालका अनुसार दशैंमा अमेरिका गएको बेला गरिएको संस्कृति कार्यक्रमबाट उठेको रकम केसी डान्स सेन्टरका संस्थापकद्वय नविन केसी तथा लुना श्रेष्ठले रकम हस्तान्तरण गर्ने जिम्मा दिएका थिए । सोहि अनुरुप चेपाङ संरक्षण केन्द्रलाई सहयोग हस्तान्तरण गरेका हुन् । खनालले अमेरिकामा रहेका सहयोगी नेपाली मनहरुबाट नेपालमा नै सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी लागको बताए ।

संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँ सम्म आएको भन्दै सहयोग गर्ने सबै हातलाई धन्यवाद दिए । अहिले १३२ जना चेपाङ्ग बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्र बाट करिब ४०० भन्दा बढी  चेपाङ्ग बालबालिकालाई शिक्षा दिइएको अध्यक्ष शर्माले बताए । कार्यक्रममा प्रधानाध्यापक राम बहादुर थापा मगर, समाजसेबी हरि केसी, पत्रकार रबि रोजी लगायतको उपस्थिति रहेको थियो ।