अमेरिकामा ‘छक्का पन्जा ३’ लाई ६४ शो

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौ ।

नेपालमा पछिल्लो तीनबर्ष यता बर्षेनी नयाँ रेकर्ड बनाउँदै आएको चलचित्र ‘छक्का पन्जा ३’ले बाहिर देशमा पनि रेकर्ड थप्दै गएको छ । नेपालमा बम्पर ब्यापार गरेसँगै बिदेशका हलहरुमा पनि चलचित्र प्रदर्शनमा आएको छ भने कतिपय देशमा आउनेक्रममा छ ।

नेपाली चलचित्रको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा ‘छक्का पन्जा ३’ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ । अमेरिकामा यसअघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा २ र लूट २ को ३ हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिएको छ । नेपालीहरुको बाक्लो बसोबास हुदै गरेको अमेरिकाको डालस टेक्सास मा अहिले छक्का पन्जा ३ ले बिदेशी भुमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ । चलचित्रले हाल सम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने बताइएको छ ।

दिपाश्री निरौला निर्देशीत यो चलचित्रमा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्धि तामाङ्ग लगायतको अभिनय रहेको छ । चलचित्र अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन् ।