आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

निकै चर्चित बनेको गीत ‘साइँली’को नाम सापटी लिएर बनाइएको चलचित्र ‘साइँली’को पोष्टर सार्वजनिक गरिएको छ । हेमन्त रानाले गाएको यो गीतमा बैदेशीक रोजगारीको कथालाई उठाइएको थियो भने चलचित्रमा पनि बैदेशीक रोजगारीकै कथालाई समावेश गरिएको छ । जसमा अभिनेत्री मेनुका प्रधान र अभिनेता गौरव पहाडीको मुख्य भूमिका छ ।

सार्वजनिक पोष्टमा मेनुका अर्थात साइँली मात्र देखिएकी छिन् , अभिनेता गौरब भने पोष्टरमा अटेका छैनन् । रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्र आउँदो चैत १५ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा छन् । यो चलचित्र गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्देशक गुरुङकै कथा रहेको चलचित्रमा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह–निर्माताको रहेको चलचित्रको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

१ मंसिर २०७५, शनिबार ०६:५०