आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘गुनगुन’का निर्देशक तथा निर्माता पुकार भट्टराई राजधानीको अष्टनारायण हलले आफूलाई अत्याचार गरेको बताएका छन् । अभिनेत्री संचिता लुईटेलको मुख्य भूमिका रहेको यो चलचित्र अष्ट नारायण हलले शनिबारनै हलबाट हटाएपछि भट्टराईले आपत्ति जनाएका हुन् । राम्रो व्यापार हुने दिन शनिबार बाटै फिल्म हटाएको भन्दै उनले हल सञ्चालकलाई कारवाहीको माग गर्दै चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका छन् ।

पत्रमा निर्मातालाई जानकारी विना नै फिल्म हटाएको उल्लेख छ । निर्माताको फिल्म निर्माण र प्रदर्शन गर्ने हक–अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न पत्रमा भनिएको छ । चलचित्रमा सञ्चिता र पुकारसँगै रविन्द्रप्रताप सेन, सुवास मेचे लगायतको अभिनय छ ।