मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ प्रदर्शन हुनु अघि निकै प्रतिक्षित थियो । चलचित्रको ट्रेलर तथा पोष्टर सार्वजनिक हुनासाथ दर्शक पर्खाइमा थिए । अभिनेता आखिर खानका यो भन्दा अघिका चलचित्रमध्ये अधिकांश सफल भएकाले पनि दर्शकले ठुलो अपेक्षा गरेका थिए। यस्तै चर्चित अभिनेता अमिताभ बच्चन, आमिर खान, कैटरिना कैफजस्ता स्टारलाई लिएर बनाइएको चलचित्र भएकाले पनि दर्शकले ठुलो अपेक्षा राखेका थिए ।

जब चलचित्र प्रदर्शनमा आयो चलचित्र समिक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया नआएपछि चलचित्र टिम तनाबमा छ । अहिले चलचित्रले बिश्वभरबाटै सोचेअनुरुपको ब्यापार गर्न सकेको छैन । नेपालमा पनि अन्य बलिउड चलचित्र जसरी ब्यापार गर्न सकिरहेको छैन ।सुरुको दिन जुन हाइप सिर्जना भएको थियो त्यो भोलीपल्ट नै खस्कियो । तिहारको पर्वलाई मध्येनगर गर्दे प्रदर्शन गरिएको यो चलचित्र आउँदा नेपालमा पनि अन्य चलचत्रि आएनन् । यसअघि पनि बलिउडका ठुला चलचित्र आएँदा नेपाली चलचित्र आउन डराउँछन् अहिलेपनि यसैभयो तर बलिउडको ठुलो मानिएको चलचित्र नै नचल्दा नेपाली निर्माताहरु पछुतो मानिरहेका छन् ।

‘ठग्स अफ हिन्दुस्तान’ले पहिलो दिनसबै रेकर्ड ब्रेक गर्दै ५० करोड ७५ लाख भारु क्माउन त सफल भयो तर भोलीपल्टबाटै अकुपेन्सी ह्वात्तै घट्न पुग्यो । दोस्रो दिनको कमाइ ४४.३३ प्रतिशतले तल झ¥यो । तेस्रो दिन थप १९.४७ प्रतिशत र चौथो दिन २४.१८ प्रतिशत झ¥यो । ३ सय करोड रुपैयाँमा बनेको फिल्मले पहिलो दिन ५० करोड माथिको कारोबार गर्दा दोस्रो दिन २८ करोड २५ लाखमात्र कमायो । तेस्रो दिन पुग्दा २२ करोड ७४ लाख, चौथो दिन १७ करोड २५ लाख र पाचौं दिन ५ करोड ५० लाख र छैटौं दिन ४ करोड ३५ लाख कमायो । रिलिजको सातौं दिन ३ करोड ५० लाख र आठौं दिन २ करोड ६० लाखमा सीमित भयो आम्दानी। आम्दानीमा आएको यो गिरावटले फिल्म फ्लपको बाटो देखाइसकेको छ । भारतमा सबै भाषामा गरी ८ दिनमा फिल्मले कूल १ सय ४० करोड कमाएको छ । ओरालो गतिको यो सिलसिला भारतमा मात्र होइन, विश्वभर नै देखिएको छ। भारत बाहिर फिल्मले कूल ५६ करोड ११ लाख बटुलेको छ ।