हलमा अनमोल र सलिन सँगसँगै

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर / मंसिर काठमाडौं ।</span></pre><p>पछिल्लो समयका युवास्टार अनमोल केसी र चलचित्र ‘ए मेरो हजुर २’बाट चर्चामा आएका सलिनमान बनियाँको चलचित्र एकै मितिमा प्रदर्शन हुने भएको छ । नायक अनमोलले अभिनय गरेको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ चलचित्रले यसैबर्षको चैत २९ लाई प्रदर्शन मिति तय गरेका छन् ।&nbsp;</p><p>निर्माता केशव भट्टराईको जन्मदिनमा ‘यात्रा’ को प्रदर्शन चैत २९ लाई घोषणा गरिएको हो । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको चलचत्रिमा अभिनय छ । चलचित्रमा मल्लिका महतले डेब्यु गरेकी छिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्र केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह–निर्माता छन् ।&nbsp;</p><p>चलचित्रको कथा निर्देशक स्वयमले लेखेका छन् भने छायांकन संजय लामाले गरेका छन् ।&nbsp; चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ ।</p>