टुँडिखेलमा स्वस्तिमादेखी लाउरेसम्म

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

आउँदो २२ गते शनिबारको दिन काठमाडौंको टुँडिखेलमा भब्य सांगितीक कार्यक्रमको आयोजना हुने भएको छ । रग्बी वल्र्ड कप टुर–नेपाल (रग्बी फेस्टिभल तथा लाइभ म्युजिक) कार्यक्रममा नेपाली संगीत तथा चलचित्र क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारका साथमा भब्य कार्यक्रमको आयोजना हुन लागेको हो ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा हुने लागेको उक्त कार्यक्रममा वल्र्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् । कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ । सर्वसाधारणका लागि प्रवेश निशुल्क राखिएको छ ।