आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

सगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा सोमबार राजधानीस्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाँचघर जमलमा सम्पन्न अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा लागेका उत्कृष्ट कलाकार तथा प्राविधिकहरुलाई अवार्ड प्रदान गरियो ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ सम्पन्न अवार्ड समारोहमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उद्घाटन गरेका थिए । कुल ४४ वटा विधामा प्रदान गरिएको अवार्डमा नेपाली पत्रकारीता जगतमा रंग पत्रकारीता गरिहेका सात जना पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमा पांच दशक लामो समय नेपालको सांगीतक ईतिहासलाई समर्पण गरेकी लोक गायिका चन्द्रकला शाहलाई नगद रु.१७, ६९६ सहित लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारीलाई कला पत्रकारिताबाट सम्मानवाट सम्मानित गरिएको थियो ।

त्यस्तै रंगपत्रकार एव. चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा इभेन्ट निर्देशक लबबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोक गायक गणेश गुरुङ, मिसेस् एसिया प्यासिफिक चन्दा थापा सम्मानित भएका थिए ।