‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ सम्पन्न

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

सुर्खेतमा बुल्बुले तालको बोलको गीतबाट सांगितीक दुनियामा प्रवेश गरेका गायक अर्जुन सुनामले राजधानीमा एकल साँझ सम्पन्न गरेका छन् । ‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ नाम दिइएको उक्त साँझमा अर्जुनले दर्जनौं आफ्नो हिट गीत सुनाएका थिए । राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको हलमा शनिबार साँझ ५ बजेदेखी हजारबढी दर्शकको साथमा अर्जुन गुञ्जिएका हुन् ।

कार्यक्रमको सुरुवातमा अर्जुनको जीवनी सुनाइएको थियो । बि.स. २०५९ सालमा काठमाडौं आएपछि बिभिन्न दुखकष्ठ गर्दै गायक बनेका अर्जुनले पहिलो प्रस्तुतीको रुपमा चर्चित गीत ‘नमुछे आमा दहिमा टिका’ सुनाएका थिए । त्यसपछि ‘शंका गर्ने तिम्रो बानी’, ‘मैले मन पराको मान्छे’ सुनाएका थिए । यस्तै चौथो प्रस्तुतीको रुपमा ‘सलल बगेको भेरी नदी’बोलको गीत गाउँदै गर्दा अधिकांश दर्शक भावुक पनि बने । सुनामलाई उक्त गीतमा बिबि अनुरागी, टिका पुन, सुन्तामी परियार, रेजिना परियार लगायतले साथ दिएका थिए । गीत गाउँदै गर्दा कलाकारहरुको अभिनयले दर्शकको मन अझ भावुक बनाएको थियो । त्यसपछि सुनामले ‘तिमी सिवाय अरु को छर, मलाई हेर्न जुन देखी, झुलायो मायाले’ लगायतका दर्जनौं गीत सुनाएका थिए ।

बन तथा बातावरण मन्त्री शक्ति बस्नेतले उद्घाटन गरी सुरु भएको सुनामको एकल साँझमा सुनामलाई संगीता राना प्रधान, बिबि अनुरागी, रीमा गुरुङ, शर्मिमा गुरुङ, टिका पुन, जुनु रिजाल, चन्दा विश्वकर्माले साथ दिएका थिए । यस्तै सहयोगी कलाकारहरु सुनितामी परियार, प्रेम अर्याल, पुष्पा बोहरा, प्रनिल तामाङले पनि साथ दिएका थिए ।

गायक सुनामका ‘सुर्खेतमा बुलबुले ताल, तिम्रै झल्को आउँछ, मेरी निरमाया’ लगायत दर्जनौं गीतहरु चर्चित छन् । पछिल्लो आठबर्ष मलेसियामा बसेर आएका सुनाम अहिले निरन्तर गीतसंगीतमै सक्रिए छन् । सुनाम अहिले पनि राजधानीको चाँदनी रोधी नाँचघरमा गीत गाउँदै आएका छन् । अर्जुन सुनाम सुमधुर साँझ सत्यवती कला केन्द्रले ब्यवस्थापन गरेको हो ।