आधा दर्जन राष्ट्रियकलाकारहरुको प्रस्तुती सहित मध्य पुसमा नेपालगञ्ज गुञ्जने

मंसिर, काठमाडौं ।

मध्य पुसमा नेपालगञ्जगुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रियकलाकारहरुको प्रस्तुती सहित नेपालगञ्जगुञ्जने भएको हो । बलामीफिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ । जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँबर्षको छेको पारेरम्युजिक फेटिभलको पहिलो आयोजना गर्नलागिएको आयोजक समीर बलामीले बताएका छन् । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभलहुने भएको हो । कार्यक्रममा युवा वर्गको ढुकढुकी तथागायक राजेशपायल राई, कमल खत्री को साथै नेपालआईडलसिजन १ का सुरजथापा र सुजाता पाण्डेले प्रस्तुतीदिनेछन् । हाँस्यकलाकार सन्दिप क्षेत्रीले कार्यक्रममादर्शकहरुलाई हसाँउनेछन् ।

कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् । कार्यक्रममा आईटमनृत्यहरु पनि प्रस्तुतहुनेछन् । नृत्यको लागिकलाकारफाईनल गर्नबाँकी रहेको रअन्य सबै कलाकारहरुलाई फाईनल गरिसकेको आयोजक संस्थाकाअध्यक्ष समीर बलामीले बताएका छन् । मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानियआयोजक शारदा ईभेन्टसका रोनिशगौतमले बताएका छन् । अहिले प्रचार प्रसारको कामतिब्र रुपमा शुरु भएको बताईएको छ । कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ । कम्तीमा७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमाक्याम्पेन शुरु गरिएको छ । आयोजकले पत्र पत्रिका, होडिङ्गबोर्ड, ब्यानर, पोष्टरलगायतका प्रचारहरुलाई तिब्रतादिने जनाएको छ । नेपालगञ्जमा पनि चाँडै नै संचारकर्मीहरुसँगअन्तक्र्रिया गरिने पनि बताईएको छ । नेपालगञ्ज रकोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्षभुमिका खेल्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा उपस्थितहुने सबै दर्शकहरुले नेपाली ढाका टोपि लगाएरआउनुपर्ने नियमआयोजकले बनाएको छ । जनवरी १लाई नेपाली ढाका टोपिदिवसको रुपमा मनाउनकार्यक्रमले प्रत्यक्षभुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपि लगाएरआउने वातावरण बनाउने आयोजकले दावी गरेको छ । पुर्ण सुरक्षाब्यबस्था सहितको कार्यक्रमलाई स्थानिय सरकार, नेपाल पर्यटनबोर्ड, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रिलरी लगायतको प्रत्यक्ष सहयोग र सहकार्यहुने आयोजकले जनाएको छ । कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकटब्यबस्था गरिएको छ । भिआईपि दर्शकको लागि भने २ हजारकायम गरिएको छ । दर्शकले कार्यक्रमको टिकट समाजिक सञ्जाल, बैंकमा रकम दखिलाभौंचरमार्फत काट्न सकिनेछ । साथै टिकटबिक्रिको लागिआयोजकले स्वंयमसेवकलाई पनि परिचालन गरिएको छ । अन्तमा कार्यक्रम स्थलबाटपनि टिकट काट्न सकिने आयोजकले जनाएको छ ।