पाठ सिकाउने मनिषाको पुस्तक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

बलिउड अभिनेत्री मनिषा कोइरालाको जीवन भोगाईको पुस्तक ‘हिल्ड’ बारे सोमबार साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । मनिषाले आफ्नो जीवन भोगाईका कुरा पुस्तकमा राखिएको जानकारी दिइन् । साथै उनले आफ्नो जीवनको कठिन भोगाईहरु पुस्तकमा लेखिएको र अरुका लागी सिक्ने पाठ हुने बताइन् ।

पुस्तकमा आफ्नो क्यान्सरको यात्रा समावेश भएको बताएकी कोइरालाले क्यान्सर लागेको क्षणलाई अमूल्य अनुभव भनिन् र क्यान्सरपछि जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताइन् । जीवनलाई पुनः प्रेम गर्न र आत्मखोजका लागि आफ्ना लागि पाठ भएको उनले बताइन् ।

‘हिल्ड’मा क्यान्सर अगाडिको जीवन संघर्ष र उपलब्धीलाई समावेश नगरेको उनले जानकारी दिइन् । ‘क्यान्सरभन्दा अगाडिको जीवन समेटिएको भए अहिले समेटिएको विषय ‘लुज’ हुन्थ्यो भनेर नसमेटेको हुँ । क्यान्सर अगाडिको विषय पनि तयार छ । सायद केही वर्षपछि त्यो आउँछ ।’, उनले भनिन् । ‘हिल्ड’को नेपाली अनुवाद पनि आउने कोइरालाले जानकारी दिइन् । नेपाली अनुवाद गरिने पुस्तक बिक्रीबाट प्राप्त हुने रकम क्यान्सर पीडितलाई दिने भन्दै उनले अग्रिम ५ लाख रुपैयाँ पनि उपलब्ध गराएकी छन् ।

कार्यक्रममा पुस्तकको नेपाली संस्करण आफूहरूले प्रकाशन गर्न लागेको फाइन प्रिन्टका नीरज भारीले जानकारी दिए । पुस्तकको रोयल्टीबाट प्राप्त रकम सामाजिक संस्था केयर नेपालले पाउने बताइयो । मनिषाले एड्भान्स बापत प्राप्त पाँच लाख रुपैयाँ केयर नेपाललाई हस्तान्तरण गरिन् । भारतको पेन्गुइन ¥यान्डम हाउसले प्रकाशन गरेको ‘हिल्ड’ नीलम कुमारले लेखेकी हुन् ।