पुस, काठमाडौं ।

कसैको जीवनमा भोगेका कुरा सुन्दा अचम्म लाग्न सक्छ । यस्तो पनि हुन्छ र भन्ने जीवन भोगाईमा कतिपय चलचित्र पनि बन्ने गरेका छन् । यस्तै जीवनको फरक भोगाईको पात्र इलाम चुलाचुलीका वेदप्रसाद भुर्तेल बनेका छन् । उनको जीवन भोगाई एक कथा नै बनेको छ ।
नेपालमा अझैपनि जातिय बिभेदकै कारण कतिपयले अपहेलित हुनु परेको छ । कतिपयको सम्बन्ध बिच्छेद भएको छ । यस्तै देवप्रसादको पनि जातिय बिभेदकै कारण जीवनमा ठुलो मोड आइदियो । चुलाचुली गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा वेदप्रसाद सानै उमेरदेखि कुसंस्कारको विरुद्ध लागे । समाजमा रहेको अन्धविस्वासको पर्खाल तोड्दै २०६८ को पुसमा अन्तरजातीय विवाह गरे ।
झापाको अर्जुनधाराकी निलम दर्जीसँग प्रेम विवाह गरेका भुर्तेलले आफ्नै गाउँ चुलाचुली पुगेर पुसमै विवाह दर्ता गरे । तर, दुर्भाग्य, सोही सालको चैतमा जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भयो ।

सम्बन्ध विच्छेद उनको बाध्यतात्मक अवस्था थियो । प्रेमको नाता सम्बन्ध कायम सम्बन्ध विच्छेदको कागजले कहाँ रोक्छ र ? उनलाई सम्बन्धविच्छेदका कागजले निलमसँगको प्रेमको सम्बन्ध तोडाउन सकेन । कानुनी रुपमा सम्बन्ध विच्छेद भए पनि निलम र उनको सम्बन्ध चाँही कायमै थियो । सम्बन्ध राम्रो भएकै बेला २०५९ बैशाखमा उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए । ११ महिनाको मलेसिया बसाईपछि उनी नेपाल फर्किए । २०७२ कात्तिक ७ मा निलमले काठमाडौंकै एक हस्पिटलमा छोरा जन्माइन् । अदालती कागजमा उनीहरुबीच सम्बन्ध विच्छेद नै छ । तर, उनको छोराको पनि जन्म दर्ता भइसकेको छ । हालसम्म पारिवारिक सम्बन्ध प्रगाढ छ ।

निलम परियार र वेदप्रसाद भुर्तेलबीच सम्बन्ध राम्रो छ । मात्र निलम वेदप्रसादको घरमा जान पाएकी छैनन् । निलम मात्रै होइन, वेदप्रकास पनि केही वर्ष यता घर गएका छैनन् । ‘घरमा गए पनि वुवा आमा, दिदी बहिनीसँग फोनमा कुरा भइरहन्छ’ भुर्तेलले भने, ‘बुहारीलाई नराम्रो लाग्ला की भनेर अहिलेसम्म गएको छैन । अपमान होलाकी भन्ने लागेर मैले नै नलगेको हो ।’ वेदप्रसाद २०६० सालतिर चलचित्र ‘मुक्ति’मा कलाकारको भुमिकामा देखिएका थिए । उनी त्यसभन्दा अघि २०५८ मा ेउराली नाट्य समुहमार्फत नाटक गरेका थिए ।
अहिले उनी आफैं नेपाली चलचित्रको अभिनय गर्छन्, निर्देशन गर्छन् । त्यति मात्रै होइन, पटकथा आफैं तयार पर्छन् । यो उनीमा भएको खुबीको कुरा हो । उनले इलाहवाद, हैदरावाद लगायतका स्थानका पुगेर चलचित्र सम्बन्धी ज्ञान आर्जन गरेका छन् । त्यति मात्रै होइन, देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्ने दक्षता पनि उनीसँग छ । र, गरि पनि रहेका छन् । अहिले ‘नदेखिएको जात’ बन्दैछ । जसमा उनी आफैंले भोगेका घटना समेट्दै छन् ।
उनको आफैंले निर्देशनमा बन्न लागेको चलचित्र ‘नदेखिएको जात’ मा समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विषय समेटिने छ ।

यसमा मुख्य भुमिकामा उनी नै देखिँदैछन् । किनकी ‘नदेखिएको जात’ उनकै भोगाई केन्द्रित छ । यो चलचित्र यहीको दोस्रो साता छायांकन प्रारम्भ हुनेछ । भुर्तेल आफैं पनि राम्रा कलाकार हुन् । चलचित्र ‘संजोग’को लेखन, निर्देशनपछि उनले युवामा देखिएको लागुऔषध दुव्र्यसनीको विषयमा बनेको चलचित्र ‘मनशा’ को निर्देशन गरेका थिए । त्यसपछि ‘बुलेट’ र ‘कुर्बान’ नामक चलचित्र निर्देशन गरे ।

उनी ‘नेपाली युवा र नेपाली समाज विकासका निम्ति युवा अभियान’ नामक पुस्तकका लेखक पनि हुन् । त्यति मात्रै विश्व कलाकार महासंघ र नेपाल ईभेन्टअर्गनाईजेसन, राष्ट्रिय चलचित्र निर्देशक समाजको आजिवन सदस्य हुन् ।

साभार : हिमालय टाईम्स राष्ट्रिय दैनिक