पुस, काठमाडौं ।

चलचित्र 'लिलिबिली' मा अथा रुचाइएको प्रदीप र जसिताको जोडीको दोस्रो सहकार्य चलचित्र ‘लभ स्टेशन’को प्रदर्शन मिति घोषणा गरिएको छ । चैत १ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रले चैत ६ र चैत ७ गते पर्ने फागु पुर्णिमाको सार्वजनिक बिदालाई आफ्नो कब्जामा लिने भएको छ । चलचित्र निर्माता गोविन्द शाहीले ‘लभ स्टेशन’ को प्रदर्शन मिति घोषणा गरेका हुन् ।

प्रायजसो बिदाको मौका पारेरै आउने गर्छन अभिनेता प्रदीप खड्काको चलचित्र । यस अघिका चलचित्र 'लिलिबिली' नयाँ वर्षको मौका पारेर प्रर्दशन गरिएको थियो भने 'रोज' तिजको मौकामा प्रर्दशनमा ल्याइएको थियो । त्यसैगरी स्टार प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित यस ‘लभ स्टेशन’ले पनि बिदाको दिन पाएको छ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौंमा छायांकन गरिएको चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् भने काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले चलचित्र निर्माण गरेका हुन् । प्रदीप गायकको भूमिकामा रहेको ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित छ ।

चलचित्रमा प्रदीप र जसिताको अलवा प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, रमेश बुढाथोकीलगायतको पनि अभिनय रहेको छ । निर्देशक उज्जवल घिमिरेको एक्सन रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन रहेको छ भने शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । निर्माण टिमले अझै दुई गीत खिच्न बाँकी रहेको जानकारी दिएका छन् ।

४ पुष २०७५, बुधबार ०७:४४