अभिनेत्री ऐश्वर्या राय ४२ बर्षमा प्रवेश

...

aishwarya-rai-bachchanकात्तिक १५, काठमाडौं । बलिउडकि चर्चित नायिका ऐश्वर्या राय बच्चन ४२ वर्षमा लागेकी छिन् । बुबा कृष्णराज मरिन बायोलोजिस्ट र आमा बृन्दाको काखबाट १ नोभेम्बर सन् १९७३ मा जन्मिएकी ऐश्वर्याले आफ्नो करिअर मोडलिङवाट सुरु गरेकी थिईन् ।

उनले सन् १९९४ मा ‘मिस वल्ड’को उपाधी जितेकी थिईन् । उनले ‘हम दिल दे चुके सनम, ताल, धुम-२, देबदास, रोबोट, गुरु’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनले पछिल्लो समय ‘जज्बा’ मा अभिनय गरेकी छिन् ।

ऐश्वर्याको सन् २००७ मा अभिषेक बच्चनसँग बिबाह भएको थियो । अहिले उनीहरुको एक छोरी आराध्या छिन् । ऐश्वर्या आफ्नो जन्म दिन मनाउनका लागि पती अभिषेक बच्चन सँग अहिले लण्डनमा छिन् ।