अहिले जस्तो पैसाको बिटा खन्याएर नायक बन्न सकिन्थेन त्यो बेलाः भुवन केसी

...

Bhuwan kcकात्तिक १५, काठमाडौं । अभिनेता भुवन के.सी नायक हुनभन्दा अघि गायक थिए । स्टेज कार्यक्रममा उनी गाउने शोख पुरा गर्थे । मनको कुनै कुनामा स्थापीत गायक बन्ने चाहाना पालेका भुवन अन्तत सदाबहार नायक बने । यो परिचय वर्षौँको संघर्षले उनलाई प्राप्त भएको हो । तर, बाउको बिडो थाम्नका लागि भुवनका छोरा अनमोललाई खासै गाह्रो भएन । अनमोल अहिले सिने क्षेत्रमा सक्रिय छन् । सिने क्षेत्रमा ख्याति कमाएका बुवा भएकाले अनमोललाई चलचित्रको बाटो सहज रह्यो ।

भुवनको लोकप्रीयताले अनमोललाई स्थापीत हुन सघायो । अनमोलको क्रेज यति छिटो बढीरहेको छ कि उनले केहि वर्षभित्रै बुवाको क्रेजलाई नै पछि पार्ने पक्का छ । तर, सिने क्षेत्रको सिँढी, भुवनको लागि छोरा अनमोलको जस्तो सहज रहेन ।

अहिलेका नायकप्रति व्यंग्य कस्दै उनी भन्छन्, “पैसा हालेर नायक बन्ने चलन थिएन । प्रतिभा भएकाले पनि ठूलो संघर्ष गर्नुपथ्र्यो ।” भुवन के.सी चलचित्र जुनीबाट डेब्यु गरेका हुन् । भारतीय कलाकार अमुल पालेकरका दाई निर्देशक सरद पालेकरलगायतले भुवनलाई नायकको रुपमा पहिलो पटक छानेका हुन् । नायकको रुपमा छानीएको दिन सम्झदै भुवन भन्छन्, “सयौँ युवा नायक बन्ने सपनाका साथ अन्र्तवार्ता दिन लाम लागेका थिए । त्यो लाईनका सबैलाई पछि पार्दै मैले नायक बन्ने अवसर पाएको हुँ ।” अहिले त दुईचार लाख पैसा लगानी गर्ने बित्तिकै नायक बन्न सकिन्छ ।

भुवन के.सीको सिने क्षेत्र प्रवेशका सुरुवाती दिनमा प्रतिष्पर्धा बेजोड हुन्थ्यो । निर्देशक अनुभवले खारिएका हुन्थे । कथाको पात्र अनुसार कलाकार छान्थे । जसले हिँडाई, बोलाई, अभिनय, अनुहार, ड्रेस अप लगायतका कुरालाई नजिकबाट नियाल्थे । न भनसुन लाग्थ्यो, न त चिनजानले चल्थ्यो । पैसाको बिटो खन्याए पनि नायक बन्ने अवसर पाउन मुश्किल थियो । उनी भन्छन्, अहिले पैसा खर्च गरेपछि च्याउ उम्रेसरी घरघरमा नायक नायिका जन्मीरहेका छन् ।

चलचित्र जुनीको छाँयाकनका लागि सम्पूर्ण टोली भारतबाट आएको थियो । प्राविधिकको कुरा छाडौँ, मेकअप म्यान समेत भारतबाटै झिकाउनु पथ्र्यो । सबैले हिन्दी बोल्ने भएकाले पहिलो फिल्म खेल्दा भुवनलाई भाषाको निकै समस्या परेको समाचार रेडियो अडियोको अनलाईनमा प्रकाशित छ । भुवन गीत गाउँथे । तर, अभिनयको अनुभव थिएन । अभिनय सिकाउने पाठशाला नहुँदा चलचित्रका अन्य कलाकार नै उनको विश्वविद्यालय भए ।

कतिपय भारतबाट आएका कलाकार अभिनयमा पारंगत थिए । उनीहरुले अभिनय गरेको हेरेर धेरै जानीयो, भुवन पहिलो अभिनय अनुभव सुनाउँछन् । त्यति धेरै मानीसबाट छानीएकाले आत्मबल गतिलै थियो । सकेसम्म राम्रो गरेँ । यो चलचित्रले अन्य धेरै अवसरहरु सिर्जना गर्यो । फिल्म बन्ने क्रम पनि बढ्यो । त्यसको केहि वर्ष पछि त मलाई भ्याई नभ्याई भयो ।