आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र वितरण गरिएको छ । कुल ४४ विधामा हुने उक्त अवार्डको काभ्रेस्थित बनेपामा सम्पन्न पत्रकार सम्मेलनमा अन्य सम्मान बारे पनि जानकारी दिइयो ।

कलाकारिता क्षेत्रको एक अभिन्न अंगको रुपमा चिनिने हस्ती ‘मह’जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मान गरिने बताइयो । त्यसैगरी अवार्डमा चर्चित लोक गायक, काठ क्षेत्रका लोक दोहोरीका हस्ती शिब नारायण जोर्शी लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिने छ ।

नाट्यश्वर दशक सम्मान बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मान रामचन्द्र कोईराला, उत्तम केसी, भूवनचन्द, चैत्यदेबी सिंह, जिवान पराजुली, गायिका रमिलान्यौपानेलाई प्रदानगरिदै छ । नाट्यश्वर बिशेष सम्मानबाट सरु थापा, नाट्यश्वर उत्कृस्ट संस्था सम्मानहारती ईङ्गलीस स्कुल, नाट्यश्वर प्रतिभा संम्मान रोमान्यौपाने, नाट्यश्वर बिषेश सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोलाथापा सम्मानित हुने भएका छन् ।

नेपालीकला संगीत क्षेत्रमा रहेर योगदान दिँदै हाल काभ्रे जिल्लाको रोशी गाउपालिकाको प्रमुख भएर कार्य गरिरहेका डीबी लामालाई नाट्यश्वर कला सम्मान अर्पण गरिने पनि बताइएको छ ।

१२ पुष २०७५, बिहीबार ०३:४८