आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

‘समाजमा र्सिजनाको रङ्ग’ कार्यक्रम सुरु गरिएको छ । सात एल्बम सातै प्रदेश नारा सहित स्थानीय स्तरको साहित्य लेखन र त्यस क्षेत्रको विषयले पाएको प्राथमिक्ताका बारेमा छलफल गर्न सुरु गरिएको ‘समाजमा र्सिजनाको रङ्ग’ कार्यक्रमको पहिलो चरणमा पूर्वमा गरिएको कार्यक्रमको दोस्रो चरण मंगलबार चितवनबाट सुरु भएको हो ।

एक कार्यक्रमका बीच गीतकार डा. डीआर उपाध्यायको एकल रचनामा रेकर्ड भएका सात वटा एल्बमको लोकार्पण तथा समीक्षा गरिएको थियो । गीतकार उपाध्याय, साहित्यकार तथा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहन प्रधान, अक्षर समूह चितवनका अध्यक्ष ईश्वर कँडेल,कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले एल्बमको लोकार्पण गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रधानले एकैदिन सातवटा एल्बम रेकर्ड गरेर कीर्तिमानी कायम गरेकोमा गीतकार उपाध्यायको प्रशंसा गरे । कार्यक्रममा गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठ र शरद अधिकारीले सातै एल्बमको बारेमा चर्चा गर्दै गीत गाएका थिए । चितवनको साहित्य लेखनमा स्थानीय विषयको बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।

छलफलमा साहित्यकार तथा समालोचक डीआर पोखरेल, साहित्यकार, समालोचक, वीरेन्द्र बहुमुखी क्याम्पसका सहायक प्रमुख रमेश प्रभात र नेपाली लेखक सङ्घ चितवनका अध्यक्ष डा. एकनारायण पौडेलले टिप्पणी गरेका थिए । कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी साहित्यकार, पत्रकारलगायतको सहभागिता थियो । अभियान बुटवल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा र गोरखामा पुगी समापन हुने आयोजक पद्मदीप स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेश घिमिरेले बताए ।