आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

पहिचान पुरस्कार कोषले यसबर्षको पहिचान पुरस्कारमा पाँच पुस्तक मध्ये सरस्वती प्रतीक्षाकृत नथिया र उन्मुक्त पुस्ताको आफरलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।

यस वर्ष पहिचान पुरस्कारका लागि उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ छानिएका थिए । नथिया बादी समुदायमा आधारीत पुस्तक हो भने आफर दलितलाई केन्द्र भागमा राखेर लेखिएको कविता संग्रह हो ।