ग्याँस बचत गर्न अम्लेट बनाएर खाँदै छन् ‘बल्छि धुर्बे’

...

marich man shrestha balchhi dhurbeकात्तिक १८, काठमाडौं ।  पछिल्लो केहि महिना यता नेपालमा भएको ग्याँस तथा प्रट्रोलियम पदार्थको हाहाकारले नेपाली जनतालाई निकै समस्यामा पारेकाे छ । यस्तै क्रममा हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) ले पनि आफुलाई नाकाबन्दीले पारेको पिणा सुनाएका छन् । उनले सकिने बेला भएको ग्याँसको बचत गरीरहेका छन् । आफु सँग भएको ग्याँस प्रन्ध दिन अघि सकिसकेको र छिमेकी सँग भएको आधा ग्याँसको प्रयोग गर्दै आएको उनी बताउँछन् ।

‘भएको आधा ग्याँस पनी सकिनेक्रममा छ, त्यसैले धेरै ग्याँस खर्च नहोस् भनी तरकारीको ठाउँमा अम्लेट बनाएर खाको छुु’, उनले आर्टिस्ट खबर सँग भने । काठमाडौंको नयाँबजारमा बस्दै आएका बल्छि धुर्बेसँग उनका दाजु भाउजु पनि हुनुहुन्छ । तिन जना भएको कारण ग्यास झन् छिटो सकिने भएकोले तिन जना नै ग्याँसको खोजी र लाइनमा बसेको बताए । ‘तिन दिन भयो दाई बालाजु औद्योगित क्षेत्र भित्रको ग्याँसको लाईनमा बस्नु भको, राती पनि त्यतै बस्नुभएको छ, आज साँझ सम्म पाइन्छ कि भन्ने आँश छ हेरौं के हुन्छ’, उनले भने । उनले तरकारी उमाल्न मिल्ने राइस कुकर किनेर ग्याँस बचत गरेको समेत बताए ।

त्यस्तै उनले आफुलाई पेट्रोलको समस्या पनि उस्तै रहेको गुनासो गरे । भएको मोटरसाईकल थन्काएर नजिक जानु पर्ने ठाउँमा कहिले काँही हिडेरै पुग्छन् उनी । बल्छि धुर्बेले नेपालमा यस्तो अत्यावश्यक बस्तुको हाहाकार हुँदा आफु मात्र नभएर सम्पुर्ण नेपाली जनताले धेरै दुख पाएको भन्दै सरकारको ध्यान छिटो भन्दा छिटो त्यसतर्फ केन्द्रित हुन आग्रह समेत गरे ।