<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नायक अनमोल केसीले ५० लाख पारिश्रमिक लिएर काम गर्ने भनिएको चलचित्र ‘ब्याचलर बन्टी’ निर्माण हुने भएको छ । केहिसमय अघि चलचित्र बन्ने नबन्ने अन्योल भइरहँदा यसै चलचित्रका निर्देशक मिलन चाम्सले पक्का भएको बताएका हुन् । हालै एक कार्यक्रममा निर्देशक मिलन चाम्सले आफ्नो र अनमोलको समय मिलाएर चलचित्र गर्ने बताएका छन् । </p><p style="text-align: justify; ">बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट चलचित्रको छायांकन बैशाखबाट सुरु गर्ने सहमती भएको छ । अर्थात् अनमोलले आफू अभिनीत दुई चलचित्र ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ प्रदर्शन भएपछि उक्त चलचित्र गर्नेछन् । यसअघि ‘ब्याचलर बन्टी’ आउँदो फागुनमै प्रदर्शन हुने भनिएको थियो तर बिभिन्न कारणले छायांकन रोकिएको थियो । अब भने आउँदो वर्षको भदौ १३ गतेबाट यो चलचित्र प्रदर्शन हुने बताइएको छ । यो चलचित्रमा पनि नायक अनमोल नवनायिकासँग अभिनय गर्नेछन् । यसअघि नै उकुसा गिरी नायिकामा फाइनल भइसकेकी छिन् । अनमोल अहिले ‘ए मेरो हजुर २’ को अन्तिम छायाँकनमा व्यस्त छन् । </p><div style="text-align: justify; "><br></div>