अब नयाँ मोडलसँग काम गर्दिनः आँचल

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नायिका आँचल शर्मा चलचित्रसँगै म्युजीक भिडियोमा पनि खुबै ब्यस्त छिन् । उनी महिनामा ८ देखी १० वटा म्युजीक भिडियो सुटिङ हुने गरेको बताउँछिन् । अफर दजनौं आउने उनको भनाई छ ।

‘अफर त धेरै आउँछन् तर सबै गीतमा काम गर्ने कुरा हुँदैन, छान्ने गरेकी छु’ आँचलले बुधबार पेप्सीकोलामा एक म्युजीक भिडियोको सुटिङकै क्रममा पत्रकारसँग गफिदै भनिन् । पछिल्लो समय उनलाई चलचित्र भन्दा पनि म्युजीक भिडियोको अभिनयका लागी अफर धेरै आउने गरेका छन् ।

‘दाल भात तरकारी’ चलचित्रको सुटिङ सकाएर बसेकी आँचलले अबदेखी म्युजीक भिडियोमा  नयाँ कलाकारसँग काम नगर्ने बताइन् । उनले अफर आएका गीतसँगै कलाकारपनि छान्ने बताइन् । ‘म्युजीक भिडियो धेरै बन्ने गर्छन् र नयाँ कलाकारहरु बढी हुनेगर्छन् त्यसैले धेरै गाह्रो हुन्छ’, आँचलले भनिन् । उनले यो क्षेत्रमा नबुझि आउने नयाँ कलाकारहरुले गर्दा गाह्रो हुने गरेको बताइन् ।

उनको मनशाय क्यामेरा एंगल तथा अभिनयमै दख्खल नभएका मोडलसँग काम गर्दा दिक्क भएको बुझिन्थ्यो । उनलाई पछिल्लो समय बिशेषगरी डान्सिङ गीतहरुबाट अफर आउने गरको छ । पछिल्लो केहि गीत लगातार हिट भएका कारण पनि आफुलाई डान्सिङ गीतबाटै अफर आउने गरेको उनको आंकलन छ । उनले अभिनय गरेका पछिल्लो ‘पिच गर्दिन्छु रोड, नौंटंकी माया, ओई सानी’ लगायतका गीत हिट छन् र युट्युवमा पनि अत्यधिक हेरिएका छन् ।

बुधबार आँचलले पेप्सीकोलामा तीनदिन लगाएर एक गीतको सुटिङ सकाइन् । गीतमा चर्चित डान्सर सुनिल क्षेत्रीसँग आँचलले डान्स गरेकी छिन् । बलिउडस्तरको भिडियो निर्माण गर्ने लक्ष्य लिएको टिमले भिडियोको पुरा लागत सात लाख रुपैंया राखेको छ । गीतका गायक तथा निर्माता मध्येका एक राजेन्द्र बजगाईंले सातलाखको अनुमानित बजेट राखिएको तर लागत बढी हुने सम्भावना रहेको बताए ।

‘हामीले म्युजीक भिडियोकोस्तरमा निकै राम्रो भिडियो बन्नुपर्छ भनेरै मिहिनत गरेका छौं, आज सुटिङको तीन दिन हो, अनुमानित सातलाख बजेट भएपनि बढी हुने देखिएको छ’ राजेन्द्रले भने । उनका अनुसार म्युजीक भिडियोमा प्रयोग गरिएका क्यामेरा देखी अन्य साम्रागी क्वालिटीका छन् । गीतमा राजेन्द्रको साथमा बिद्या तिवारीको स्वर रहेको छ भने गीतका मुख्य निर्माता जीवन लुईँटेल हुन् ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)