१५ करोड लगानीमा सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार,अडिसन सुरु

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चाहना मिडियाले आयोजना घोषणा गरिएको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को लागत खर्च साढे १५ करोड हुने भएको छ । आयोजक अध्यक्ष सहदेव कोइरालाका अनुसार ‘नेपाल लोक स्टार’ कार्यक्रमको लागत १५ देखि साढे १५ करोड अनुमान गरिएको छ । उनका अनुसार पुस १ गतेबाट अडिसन (डिजिटल अडिसन) सुरु भइसकेको छ । नेपाल लोक स्टारको मोवाइल एपबाट पनि अडिसन दिन सकिने छ । यसका लागि आयोजकले प्रदेश प्रदेशमा फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए । “करिब २० हजारले फर्म भर्ने हामीले अनुमान गरेका छौँ,” अध्यक्ष कोइरालाले भने । अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । “लोक गीत गाउन सक्ने तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि हामी अवसरबाट बञ्चित गराउँदैनौँ,” कोइराला भन्छन्, “गाउँपालिकाबाट आर्थिक विपन्न भएको प्रमाण जुट्ने कागज ल्याएको अवस्थामा निःशुल्क सहभागी गराउने छौँ ।”

यस्तै ७ वटै प्रदेशमा अडिसन पनि हुनेछ । फागुनन १६ गते धनगढीबाट अडिसन सुरु हुनेछ । फागुन २२ गते सुर्खेत, चैत ४ गते वुटवल, चैत १० गते विराटनगर, चैत १६ गते जनकपुर र चैत २२ गते काठमाडौंमा अडिसन हुनेछ । अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने छ । अडिसनका लागि दुई जना म्युजिक टिचर १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले जनाले प्रि–अडिसनाट आएकारुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्नेछन् ।काठमाडौंमा हुने मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा वैशाख ११ गतेबाट सुरु हुनेछ । मेगा अडिसनमा चार जना निर्णायकसँगै थप एक जना पनि बस्ने छन् ।वैशाखको तेस्रो साताबाट ‘नेपाल लोक स्टार’ प्रशारण सुरु हुनेछ । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृंखला फाइन हुनेछ ।

विजेतालाई ५० लाख

चाहाना मिडियाले आयोजना गर्न लागेको सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख ९करसहित० र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

यी हुन् निर्णायक

शोको निर्णायकमा लोकगायक तथा कलाकार जयनन्द लामा, संगीतकार, गायक तथा संगीत संयोजक बिबि अनुरागी, गायक रामजी खाँड र गायिका सुनिता दुलाल रहेका छन् ।प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ ।२० बाट १० सम्म ५०र५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ । कार्यक्रमको अफिसिल होस्ट सुवेक्षा खड्का र अशोक धिताल रहने छन् ।रासस