आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने भएको छ । शनिबार उर्लाबारीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको उक्त चलचित्रमा अभिनेत्री केकी अधिकारी र अभिनेता तथा संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिन साझेदार गर्ने भएका छन् । चलचित्र प्रेमकथामा आधारित हुने बताइएको छ । चलचित्रको घोषणा सभामा लिड कलाकार भने उपस्थित थिएनन् । ९० लाखको लागतमा निर्माण हुन लागेको चलचित्र मनिष थापाले निर्देशन गर्दैछन् ।

शनिबारबाट चलचित्रको छायांकन सुरु भईसकेको छ । छायांकन पूर्वका विभिन्न रमणीय स्थानहरुमा हुने बताईएको छ । केकी र कोशिशका सँगै चलचित्रमा बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, ‘चुप्पी डन’ को नामले परिचित यज्ञबहादुर कटुवाल लगायतको पनि अभिनय रहनेछ । नवराज लम्साल, हिमाल कडेरीया र दुर्गा बस्नेत निर्माताको रुपमा रहेको चलचित्रलाई सुमन योन्जनले खिच्नेछन् । किरण माइकलको पटकथा रहेको चलचित्र हिमाल कडरियाको कथामा बन्न लागेको हो ।