आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

बृद्धको अभिनयबाट चर्चामा आएकी गायिका सन्ध्या बुढा पछिल्लो समय आफू जवानभएपनि काउली बुढी उपनामबाट चिनिन्छन् । नेपाल आईडलको दोश्रो सिजनको अडिसनबाट उनको चर्चा निकै चुलियो । गीत गाउन नेपाल आईडलमा पुगेकी सन्ध्या फाइनलसम्म पुग्न नसकेपनि चर्चा भने निकै छ । उनको ब्यस्तता अहिलेपनि उत्तिकै छ ।

केहि म्युजीक भिडियोमा अभिनय गरेकी सन्ध्याले काउली बुढी बनेर धेरै भिडियोमा देखिएकी छिन् । उनी पछिल्लो समय चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’मा पनि अभिनय गरिरहेकी छिन् । सन्ध्याले मोडलिङभन्दा बढी गीत गाएकी छिन्। उनी आफूलाई मोडल भन्दा गायिक बन्न रुचाउँछिन् ।

गएको शुक्रबार एपिक नेपाल म्युजीक भिडियो अवार्डमा पप् गीत बिधा तर्फको उत्कृष्ट गायिकाको अवार्ड थाप्दै सन्ध्याले दर्शकको मायाले आफू यहाँसम्म पुगेको भन्दै धन्यवाद दिइन् । ‘यो मेरो जीवनकै पहिलो अवार्ड हो, यो समयमा मलाई सदैब आर्शिवाद दिनुहुने आमाबुबा र दर्शकलाई सम्झन चाहान्छु’ सन्ध्याले अवार्ड लिएपछि हिमालय टाइम्ससँग कुरागर्दै भनिन् । उनले ‘मायाको बिरुवा’ बोलको पप् गीतबाट उत्कृष्ट गायिकाको अवार्ड जितेकी हुन् । कामगर्दै जाँदा कामको मुल्यांकन हुँदा खुसी लाग्दो रहेछ, हुनत अवार्डका लागी भनेर काम गर्ने त होइन, तर काम गर्दै जाँदा सहि मुल्यांकनबाट अवार्ड पाउँदा निकै खुसी लागेको छ’, सन्ध्याले भनिन् ।

उनले पछिल्लो समय आफूलाई स्टेज कार्यक्रमका लागी पनि धेरै अफर आउने गरेको बताइन् । ‘नेपाल आइडलपछि धेरै दर्शकले चिन्नुभयो त्यसैले पनि धेरै स्टेज तिर अफर आउँछन्, म्युजीक भिडियोमा पनि काउली बुढीकै लागी अफर आउँछन्’ सन्ध्याले भनिन् । उनी देशभित्रका स्टेज कार्यक्रमहरुमा काउली बुढीकै भेषमा प्रस्तुती दिने गरेकी छिन् । कार्यक्रमका आयोजक देखी दर्शकले काउली बुढीलाई रुचाएको कारण आफ्नो वास्तविक स्वर भन्दा बुढीको स्वरमा बढी प्रस्तुती दिने गरेको उनी बताउँछिन् ।