‘चौका दाउ’को बिजोग व्यापार

आर्टिष्ट खबर/ माघ, काठमाडौं

पौष २७ गतेबाट रिलिज भएको चलचित्र ‘चौका दाउ’ले बिजोग ब्यापार गरेको छ । रिलिज अगाडी निकै चर्चामा रहेको यस चलचित्रले जम्मा ६ लाख कमाई गरेको छ । ६ लाख पनि मुश्किलले उठेको पाईएको छ ।  पुणेन्द्रु झाको निर्देशनमा तयार भएको र सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानीमा तयार भएको चलचित्रलाई काठमाण्डौको हलबाट जम्मा ६ लाख शेयर दिएको छ ।

काठमाण्डौ बाहिर पनि चलचित्रको हालत उस्तै थियो ।बर्षा राउत,  सन्तोष पन्त, तैयब शाह, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारको भीड हुँदा पनि यो चलचित्रले ब्यापार भने ह्वात्तै खस्केको छ । यस चलचित्रका लागि यसका वितरक गोपालकाजी कायस्थले निर्मातालाई १६ लाख दिएका थिए ।

वितरक कायस्थ अब बाँकी रकम निर्माताबाट लिने तरखरमा छन् । सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गरेको थियो ।