मिलन लामा र कल्पाना श्रीपालको ‘सानै देखीको बानी साबुन पानी लाएर नजानी’ (भिडियो)

...

milan lama and kalpana shreepalकात्तिक २०, काठमाडौं ।  गायक मिलन लामा अन्य गायक भन्दा फरक छन् । उनका गितमा एक प्रकारको छुट्टै मिठास पाउन सकिन्छ । लामो समय देखी गायकमा आफ्नो छुट्टै छबि निर्माण गर्दै आएका मिलनको स्वरमा पुनः एक मिठास लोकगित बजारमा आएको छ । गायिका कल्पाना श्रीपालको प्रस्तुतीमा ‘साबुन पानी लाएर नजानी’ बोलको टिपीकल लोक दोहोरी गित बजारमा आएको हो । जसमा गायक मिलन लामा र गायिका कल्पाना श्रीपालको स्वर रहेको छ ।

सो लोकगितमा लय तथा शब्द गायक मिलन लामाकै रहेको छ । भिडियोमा अभिनय पनी गायक मिलन लामा र गायिका कल्पाना श्रीपालकै देख्न सकिन्छ भने भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । त्यस्तै भिडियोलाई करन चैसिरले खिचेका हुन् ।

बजारमा मिलन लामाको स्वरमा धेरै गित आएपनि दर्शक तथा स्रोताले जुनधारको गितबाट मिलन लामा भनेर चिनेका थिए यस गितलाई सोही अनुसारको टिपिकल गित भन्न सकिन्छ ।

माझिदाई पोखरा फेवातालको अपार सफलता पछि अझ बढी दर्शक तथा स्रोताको मन मुटुमा बस्दै आएका गायक मिलन लामा पछिल्लो समय देश तथा बिदेशका कार्यक्रममा व्यस्त छन् । अहिले पनि गित संगितमै ब्यस्त भएको र अझ दर्शक तथा स्रोतलाई मन पर्ने गित बजारमा ल्याउँदै जाने मिलनले आर्टिस्ट खबरलाई बताए ।
Video